Logo

फागुन १ गतेदेखि मुटुरोग उपचार निःशुल्क



Spread the love

mutu

बाथ ज्वरोका कारण मुटुको भल्ब बिग्रिएका बिरामीको उपचार निशुल्क हुने भएको छ ।  सहिद गंगालाल राष्ट्रिय हुदयरोग केन्द्रको २१औं बाषिर्कोत्सवको अवसरमा शनिबार स्वास्थ्यमन्त्री गगन थापाले फागुन १ गतेदेखि मुटुको भल्बको सम्पूर्ण शल्यक्रिया निशुल्क हुने घोषणा गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

घाँटीको संक्रमण र बाथ ज्वरोका कारण भल्बमा असर पुगेर पूर्णरुपमा फेर्नु पर्ने हुन्छ । महंगो उपचारका कारण रोग पहिचान भएर पनि शल्यक्रिया वा भल्ब फेर्न नसक्दा थुप्रैको अल्पायूमै मृत्यु हुनेगरेको छ ।

 

कमजोर आर्थिक सामाजिक अवस्थाका बिरामी त उपचार गराउन नसकेर यो रोग पालेर बस्नुपर्ने बाध्यतामा छन् । यस्तो अवस्थामा स्वास्थ्यमन्त्रीले यो रोगको निशुल्क उपचारको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्