Logo

सहिद (कविता)



Spread the love

shankar-bhujel

लडी देशकाे लागि गरेउ पुण्य काम
देह तिम्रो खरानी भाे अमर भयाे नाम
हाँसी बलीदान दियाै परिवर्तनका लागि
हाै हामी सबै नेपाली यी सपूतका अाभारी
हुदैन एक दिन सम्झेर सहिदहरूकाे मान
जसले अाफु मरेर बढाईदिए हाम्रो शान
छ मेराे सलाम ती व्यक्तित्वलाई
नेपाली अामाका वीर सपूतहरूलाई
याे देश मेराे बाँची रहाेस म मरे पनि
सहिदहरूकाे सम्झनामा अर्पण गरे श्रद्धाञ्जली

प्रतिक्रिया दिनुहोस्