Logo

युवा विद्यार्थीलाई अभिप्रेरित गर्न युथ कनक्लेभ गर्दैछौं : राजु टण्डन (अन्तर्वार्ता)



Spread the love

काठमाडौँको प्रज्ञा भवनमा यही चैत्र ५ गते “काठमाडौँ युथ कनक्लेभ-२०७५” हुँदैछ । युनिभर्सल कलेज, न्यु समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज तथा हिमालयन कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । यी सम्पुर्ण कलेजहरु केएमसी नेटवर्क अन्तर्गतका ब्याचलर कलेज हुन् ।

कार्यक्रममा देशमा ख्याति प्राप्त, अनुभवी तथा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूले युवा विद्यार्थीलाई अभिप्रेरित र दिशानिर्देश गर्ने बताइएको छ ।

यसै सन्दर्भमा काठमाडौँ युथ कनक्लेभका संयोजक राजु टण्डनसँग सल्लेरी खबरकर्मी सागर शर्माले गरेको अन्तर्वार्ता :

काठमाडौँ युथ कनक्लेभ किन गर्दै हुनुहुन्छ ?

नेपालको जनसंख्यामा ४० प्रतिशत युवा समूह रहेको छ । यति धेरै प्रतिशत युवा भएको यो सुनौलो युग हो । युवाहरूलाई हामीले अभिप्रेरित र दिशानिर्देश गर्ने यस कार्यक्रमको आयोजना गर्दैछौं । यो बर्ष उपत्यका भित्रका युवा बिद्यार्थी माझ गर्दैछौं । अर्को बर्ष राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम गर्नेछौं ।

कार्यक्रममा को को आउदैँहुनुहुन्छ ?

कार्यक्रममा युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यता रहनेछ भने नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलि, राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, युट्युबर सिसन बानियाँ, मिस नेपाल २०१८ शृङ्खला खतिवडा, ज्योति ग्रुपका निर्देशक तथा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति, हाँस्य कलाकार सन्दीप क्षेत्रीलगायतले प्रस्तुति राख्नेछन् । साथै, कार्यक्रममा स्वप्न सुमनको साङ्गीतिक प्रस्तुति रहनेछ ।

उहाँहरुको के के प्रस्तुति रहनेछ ?

कनक्लेभमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का बाट ‘नेशनल युनिटी थ्रु स्पोर्ट्स’ अर्थात ‘खेलकुदबाट राष्ट्रिय एकता’ शिर्षकमा आफ्नो अनुभव कथा प्रस्तुत गर्नुहुनेछ । ज्योती ग्रुपका डाइरेक्टर सौरभ ज्योतीले ‘द रोल अफ युथ इन बिजनेस वर्ल्ड’ अर्थात् ‘बिजनेस दुनियाँमा युवाको भुमिका’ शिर्षकमा आफ्नो अनुभव कथा प्रस्तुत गर्नुहुनेछ । मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले ‘प्रोस्पेरिटी थ्रु प्रोमोटिङ टुरिज्म’ अर्थात् ‘पर्यटन प्रबर्द्धनबाट समृद्धि’ शिर्षकमा आफ्नो वक्तव्य प्रस्तुति राख्नुहुनेछ । लोकप्रिय युट्युबर सिसन बानियाँले ‘प्यासन टू प्रोफेसन : थिङ्किङ आउट अफ द बक्स’ शिर्षकमा आफ्नो सफलताको कथा प्रस्तुत गर्नुहुनेछ । अहिलेका चर्चित स्ट्यान्ड अप कमेडियन सन्दिप क्षेत्रीले ‘स्ट्यान्डिङ आउट विदिन मास’ शिर्षकमा आफ्नो अनुभव कथा प्रस्तुत गर्नुहुनेछ । साथै, युवाहरूका ढुकढुकी गायक स्वप्न सुमनले आफ्नो सांगीतिक प्रस्तुती दिनुहुनेछ ।

यति धेरै चर्चित उत्प्रेरक हुँदाहुँदै उहाँहरूलाई नै किन ?

हामीले मुख्य लक्ष्य भनेको १६ देखि २० बर्षका युवा बिद्यार्थीहरुलाई अभिप्रेरित र दिशानिर्देश गर्ने हो । देशमा युवा अवस्थामै उल्लेखनीय कार्य गर्न सफल युवा बाट हाम्रा बिद्यार्थीहरुलाई अभिप्रेरणा र दिशानिर्देश गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ रहेको छ । हाम्रो कार्यक्रमका बक्ताहरुमा श्रृङ्खला खतिवडा एउटा यस्तो नेपाली युवाको नाम हो, जसले सबै सीमाहरू पार गर्दै सफलताको सगरमाथा चुम्न सफल हुनुभयो । सिसन बानियाँ, नेपाली युट्युब दुनियाँको एउटा यस्तो नाम हो, जसले युट्युबर प्रोफेसनलाई पुनःपरिभाषित गरिदियो । आफ्नो प्यासनलाई कसरी प्रोफेसन बनाउँदै सपनाको जिन्दगी बाँच्न सकिन्छ भन्ने विषयमा उहाँले आफ्नो प्रस्तुति दिनुहुनेछ ।

पारस खड्का, एउटा यस्तो नाम हो, जसले क्रिकेटको माध्यमबाट नेपाललाई सारा विश्वसामु परिचित तुल्यायो । उहाँको सफल कप्तानी कै फलस्वरुप नेपाली क्रिकेट टिमले ओडिआई मान्यता पाउन सफल रह्यो । यसकारण पनि उहाँ सारा नेपालीका लागि एक चम्किला तारा हुनुहुन्छ । उहाँले कार्यक्रममा खेलकुदको माध्यमबाट कसरी समग्र राष्ट्रलाई नै एकताको एउटै सुत्रमा उन्न सकिन्छ भन्ने बारेमा आफ्नो प्रस्तुति दिनुहुनेछ । सौरभ ज्योती, नेपालमा अटोमोबाइल उद्योगको एक सफल-सुपरिचित नाम हो । नेपालमा भएको अटोमोबाइल उद्योगको द्रुततर विकासमा उहाँको महत्वपुर्ण योगदान रहेको छ । त्यसैले उहाँको कथा सबै युवाहरूका लागि निकै प्रेरणाको स्रोत बन्ने हाम्रो बिश्वास रहेको छ । हाँस्य कलाकारको रुपमा आफ्नो कलाको माध्यमबाट सबैलाई खुसीका मुस्कानहरू दिदै आइरहेका सन्दिपले यसपाली आफ्ना केही सिरियस पाटाहरू खोल्नुहुनेछ । आफ्नो सफलताको कथा मार्फत् उहाँले युवाहरूलाई जिन्दगी जिउँने कला समेत सिकाउनुहुनेछ । हामीले निमन्त्रणा गरेका बक्ताहरुले आफ्नो सफलताको कथा सारा युवाहरूमाझ पुर्याएर युवाहरुलाई अभिप्रेरित गर्नेछौं ।

काठमाडौँ युथ कनक्लेभ सम्बन्धी 

चर्चित सेलिब्रेटीहरुको साथमा युथ कनक्लेभ हुँदै, पारस खड्कालाई १ लाख सहित सम्मान

युथ कनक्लेभ : श्रृङ्खला खतिवडाले ‘पर्यटन प्रबर्द्धनबाट समृद्धि’ बारे बोल्दै

युथ कनक्लेभ : युट्युबर सिसन बानियाँले ‘प्यासन देखी प्रोफेसन सम्म’ शिर्षकमा बोल्दै

युथ कनक्लेभ : कप्तान पारस खड्काले ‘खेलकुदबाट राष्ट्रिय एकता’ शिर्षकमा बोल्दै

युथ कनक्लेभ : सौरभ ज्योतीले ‘बिजनेस दुनियाँमा युवाको भुमिका’ शिर्षकमा बोल्दै

युथ कनक्लेभ : कमेडियन सन्दिप क्षेत्रीले उनी भित्रको ‘सिरियस सन्दिप’ बारे बोल्दै 

युथ कनक्लेभ : युवाहरूका ढुकढुकी स्वप्न सुमनले सांगीतिक प्रस्तुती दिदैँ 

प्रतिक्रिया दिनुहोस्