Logo

क्रान्तिकारीको कोटेश्वर क्याम्पसमा स्ववियु केन्द्रित छलफल सम्पन्न



Spread the love

akhil krantikari flag

परिवर्तनका लागि क्रान्तिकारी, भन्ने निष्कर्ष निकाल्दै कोटेश्वर क्याम्पसमा स्ववियु केन्द्रित छलफल सम्पन्न भएको छ। किरात राई संगठनको आयोजना र सोही संगठनको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी हकहितका लागि केकस्ता कार्य गर्ने र अबको चुनावमा क्रान्तिकारीको भविष्य के भन्ने विषयमा छलफल भएको थियो।

निकिता चाम्लिङ राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पस, अखिल क्रान्तिकारीका इकाई अध्यक्ष नवराज कार्की लगायत इन्चार्ज र कमान्डरको उपस्थितिमा भएको थियो।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रन्जित तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्ववियु चुनाव केका लागि?, चुनावमा भोट अखिल क्रान्तिकारीलाई नै किन?, लगायत विद्यार्थी आन्दोलन र राजनीति केका लागि भन्ने विषयहरूमा छलफल भएको थियो। प्रमुख अतिथि तामाङले अबको चुनाव तोकिएकै मितिमा हुने र त्यस्का लागि तयारी तीव्र रूपमा अगाडि बढाउन क्याम्पस प्रतिनिधिहरूलाई सल्लाह दिए। साथै फाल्गुन १४ गते हुन गइरहेको चुनावमा क्रान्तिकारीहरूको जित हुन पनि उनले दाबी गरे।

साथै इकाई अध्यक्ष नवराज कार्कीले विद्यार्थीहरुका आवश्यकताहरू-महँगो अध्ययन शुल्क, पढाई हुने स्थानको ग्यारेन्टी लगायत क्याम्पस प्रशासनका कमी कमजोरीहरू सच्याउन माग राख्दै ज्ञापन पत्र समेत बुझाइसकेको जानकारी कार्यक्रममा गराए।

किरात राई संगठनका प्रतिनिधि सञ्जय राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल क्रान्तिकारीप्रति आस्था राख्ने प्रायः विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष राईले विभिन्न जातजातीहरुको बाहुल्यता रहेको नेपालमा सबैलाई समेटेर फुलका थुङ्गा जसरी एउटै मालामा उन्ने काम क्रान्तिकारीले गर्ने बताए।

jyapan-patrajyapan

प्रतिक्रिया दिनुहोस्