Logo

किन गर्छन् लाटोकोसेरो उत्सव ?



Spread the love

owl

विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा छैटौं लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ ।  लोप हुदै गएको लाटोकोसेरो संरक्षणका लागि माघ २१ र २१ गते उत्सव आयोजना हुने  आजको नागरिकमा खबर  छ ।

जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च र प्रकृतिका साथीहरु नामक संस्थाले अन्तराष्ट्रिय लाटोकोसेरो महोत्सवको उपलक्ष्यमा उत्सव आयोजना गर्न लगेको प्रकृतिका साथीहरु संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए । किसानको साथी भनेर चिनिएको लाटोकोसेरो संरक्षणका लागि उत्सव आयोजना गर्न लागिएको उनले बताए । तालको पर्यटकीय विकासका लागि प्रचारप्रसार तथा स्थानीय कला, संस्कृति र परम्परागत खेलको समेत उत्सवमार्फत प्रवद्धन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्