Logo

शिल्पीमा भोलीदेखी बेसोमती शैलीको नाटक ‘म क्षमा माग्दिन’



Spread the love

बत्तिसपुतली स्थित शिल्पी थिएटरको गोठाले नाटक घरमा भोली चैत ९ गतेदेखी नाटक ‘आइ एम नट सरी’ उर्फ ‘म क्षमा माग्दिन’को मञ्चन सुरु हुने भएको छ ।

यो बिल्कुलै फरक फ्लेवरको नाटक हो । कम्तिमा नेपाली नाटक दर्शकहरूका लागि । यसलाई नाट्य भाषामा ‘बफुन’ भन्ने गरिन्छ ।

आँसु रचनामा आधारित यो नाटकको कथा कलाकारहरु आफैँले बुनेका हुन् । नाटकको निर्देशक हुन्, स्विस कलाकार अनिता बेर्तोलामी र आइरिस कलाकार शिव ग्रीन्स

नाटकबारे बोल्दै शिल्पी थिएटरका घिमिरे युवराज लेख्छन्,”नाटक ‘म क्षमा माग्दिन’मा बेसोमती पात्रहरुले तपाईंलाई आरोपित गर्न सक्ने छन् । मञ्चमा देखिने पात्रहरु केही उछ्रिङ्गखल पनि लाग्न सक्छन् । यो बेसोमती शैलीको हाँस्यब्यङ्ग्य नाटकमा तपाईंलाई हार्दिक निम्तो गर्दछौं ।”

नाटकमा १६ वर्षभन्दा माथिका दर्शकले मात्रै प्रवेश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्