Logo

२६ विद्यार्थीले एसइई दिन नपाउने



Spread the love

८ चैत गलकोट – यस वर्ष बागलुङबाट २६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन नपाउने भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएका हुन् । एकाइ प्रमुख कुस्मराज उपाध्यायले पढ्दै गर्दा विवाह गरेका, आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका तथा बीचमै विद्यालय छोडेर मजदूरीमा लागेर विद्यार्थीको हाजिर नपुगेको बताए ।

उनका अनुसार यस वर्ष बागलुङमा पाँच हजार ५२२ विद्यार्थीले एसइई परीक्षा दिँदैछन् । तीमध्ये दुई हजार ६४७ छात्र र दुई हजार ८७५ छात्रा रहेको उनले बताए । बागलुङका ६ विद्यालयका १६८ प्राविधिकतर्फ र १२० ग्रेड वृद्धितर्फका विद्यार्थीले समेत (एसइई) दिने बताइएको छ । जिल्लाका १४० विद्यालयका विद्यार्थीले ३१ परीक्षा केन्द्रमार्फत परीक्षा दिँदैछन् । परीक्षामा जनताधन मावि एक दृष्टिविहीन विद्यार्थीले परीक्षा दिन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्