Logo

आगलागीमा रु ५४ लाखको क्षति



Spread the love
सांकेतिक तस्बिर

८ चैत, कपिलवस्तु – शिवराज नगरपालिका–६ पैकिबन्डामा भीषण आगलागी भएको छ । आज अपराह्न २ बजे स्थानीय बुदई कुर्मीको घरबाट निस्केको आगोेले ११ घर तथा पाँच गोठ जलेर नष्ट भएका छन् ।

 

खाजा बनाउने क्रममा लागेको आगोले एउटा गाई जलेर मेरेका छ भने आगोमा परेर स्थानीयवासी सनउल्ला मिँया घाइते भएका प्रहरीले जनाएको छ । आगलागीमा करीब रु ५४ लाखको क्षति भएको प्रहरीको अनुमान छ । स्थानीयवासी, प्रहरी तथा कृष्णनगरको दमकलले ३ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी स्थलमा पुगी प्रदेशसभा सदस्य अर्जुन केसीले आगलागी पीडितलाई प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार रु ४० हजार बराबरको जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्