Logo

वाइसिएलको एकता बैठक सम्पन्न, संयोजकमा नेव बहादुर कँवर ‘विवेक’



Spread the love

bibek

नेकपा (माओवादी केन्द्र)मा आवद्द सात वटा युवा संगठनको एकता बैठक आज मंगलबार सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न एकता बैठकले युवा संगठनको नाम योङ कम्युनिस्ट लिग नेपाल रहने निर्णय गरेको छ ।
एकता बैठकले नेव बहादुर कँवर ‘विवेक’को संयोजकत्वमा ३९९ सदस्यीय केन्द्रीय सम्मेलन आयोजक समितिसमेत गठन गरेको छ ।

सल्यान जिल्ला घर भएका  विवेक पूर्व जनमुक्ति सेना नेपालको पाचौ डिभिजन सहायक कमाण्डर थिए ।

सम्मेलनले १५१ सदस्यीय केन्द्रीय समिति र १३ सदस्य नबढाई पदाधिकारी बनाउने र पदाधिकारीसहित केन्द्रीय समितिमा प्रत्यक्ष निर्वाचन गर्ने कार्यविधिसमेत बैठकले पारित गरेको छ ।
एकता पछि बनेको योङ कम्युनिस्ट लिग नेपालको राष्ट्रिय सम्मेलन वैशाख ९ गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्