Logo

काठमाडौँ जिल्लामा मात्रै ४५ वटा दल दर्ता



Spread the love

nirbachan-aayog

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा एक महिनाको अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा राजनीतिक दल दर्ता भएका छन् ।  निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ, काठमाडौँमा एक सय ११ वटा राजनीतिक दल दर्ता भए पनि जिल्लास्तरमा दल दर्ताको अवस्था भने न्यून देखिएको छ ।

आयोगले नेपालको संविधानको धारा २६९ बमोजिम दर्ता भएका राजनीतिक दलको जिल्लागत विवरण लिने क्रममा जिल्लामा दल दर्ता गर्न सूचना प्रकाशन गरेको थियो ।  आयोगले माघ १७ गतेसम्मको अवधि तोकेको थियो ।  आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार निर्वाचन व्यवस्थापनका लागि दलको जिल्लागत विवरण माग गरिएकोमा काठमाडौँ जिल्लामा ४५ र सबैभन्दा कम मनाङमा छ वटा दल मात्रै दर्ता भएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रवक्ता शर्माले जिल्लाको दलगत विवरण प्राप्त भएकाले आयोगलाई निर्वाचन व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै उनले कुन कुन राजनीतिक दलको कुन जिल्लाको कार्यसमिति क्रियाशील छ भनेर दललाई थाहा पाउन पनि यसबाट सहयोग नै पुग्छ भने ।

सबैभन्दा कम दर्ता भएका जिल्लामा मनाङ ६, मुस्ताङ ७, बाजुरा र रसुवा ९ वटा राजनीतिक दलले दर्ता गराएका छन् ।  ठूला राजनीतिक दल नेपाली कँंग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले ७५ वटै जिल्लामा दल दर्ता गराएका छन् ।  यसैगरी राष्ट्रिय प्रजातान्त्र पार्टी, सङ्घीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) र जनशक्ति पार्टीले पनि अधिकांश जिल्लामा दल दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्