Logo

सधैँ निराश नेपाली फुटबल फ्यान र खेलाडी



Spread the love
फाइल तस्बीर

११ चैत, काठमाडाैँ – नेपाली फुटबल कहिले काँही ह्वात्तै अगाडी अाँउदा सम्पूर्ण फुटबल फ्यानहरू खुशी हुन्छन् । मानाै की खेलाडीले नभएर फ्यानले मैदानमा प्रदर्शन गरे अनि जीतका भागीदार पनि भए । अझ विदेशी क्लबका नेपाली फ्यानहरूको शीत युद्ध नै भइरहेको जस्तै भान प्रत्यक्ष रूपमा गरिरहँदा पनि नेपाली खेल हुँदा भने सबै एक ढिक्का भएका हुन्छन् ।

विदेशी क्लब तथा विदेशी मनपर्ने खेलाडीलार्इ समर्थन गर्दै एक अापसमा युद्ध गर्न नै तयार भइसकेका जस्तै देखिन्छन् । त्यसैले त विभिन्न नाम गरेका बार्सिलोना फ्यान क्लब नेपाल, रियल मड्रिड फ्यानस् अफ नेपाल र बार्सा नेपाल जस्ता फेसबुक पेजमा जोडिने नेपाली युवाको जमात दिन प्रतिदिन बढ्दै गएको छ । हजाराै नभएर लाखाैँ फुटबल समर्थक यस्ता पेज तथा ग्रुपमा एक ढिक्का भएर फुटबल चर्चा गर्दै बसिरहेका छन् ।

जे गर , जसो भन , जता सुकै लैजाउ मलार्इ , यो मन त मेरो नेपाली हो……. भने जस्तै अन्य समय विदेशी क्लब, राष्ट्र तथा खेलाडीका लागी मरिमेट्ने नेपाली फुटबल समर्थकहरू नेपालको खेल हुँदा भने सबै काम छोडेर नेपाली टिम र खेलाडीलार्इ समर्थन गर्न व्यस्त देखिन्छन् । खेल हुने समय र लिंक खोज्न प्राय समर्थक व्यस्त हुन्छन् ।

नेपालले प्राय तालिका बनाएर अन्तराष्ट्रिय खेलमा सहभागिता कमै मात्रामा जनाएको छ । कम सहभागिता जनाउँने नेपालले जीतको गुलियो भन्दा पनि हारको तीतो स्वाद नै धेरे चाख्ने माैका पाएको छ । सायद यसलार्इ माैका भन्दा पनि दुर्भाग्य भन्दा नै उचित होला । सोचेको भन्दा विपरीत नतिजा अाउँदा खेलाडी त निराश हुन्छन् नै अझ त्यसै भित्र हराएको समर्थकको भावनालार्इ कमैले मात्र बुझ्न सक्छन् । नेपाली फुटबल हेर्न नपाएर तिर्खाएका नेपाली समर्थक फेरी पुरानै अाशय . फेरी पनि जितेन यार. भन्दै नतमस्तक हुन बाध्य हुन्छन् ।

हुन पनि हो नेपालले खेलेका अधिकांश खेल हेर्ने दर्शक खुशी भन्दा धेरै दुखी नै भएका छन् । एक खेलमा पराजित भए पनि अर्को खेलमा हामी विजयी हुनेछाैँ भन्ने विश्वास हामीले नेपाली फुटबलबाट पटक्कै पाउन सकेका छैनाैँ । तर हामीलार्इ प्रतिक्षा भनेको त्यसकै छ ।

गएको हप्ता नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै साफ महिला च्याम्पियन सिप उचाल्ने अाशा जगायो । तर फेरी फाइनलमा भारतसँग ३–१ ले पराजित हुँदै उपविजेतामा सिमित भयो । यो नेपालको उपविजेता भएको १ पटक मात्र नभएर चाैथाैँ पटक थियो । यता नेपाल भारतसँग पराजित भएको केहि घण्टामा नै नेपालको यू–२३को टोली कुवेतसँग एएफसी छनाैट अन्तर्गतको खेलमा पराजित भयो । त्यसको केही दिनको अन्तरालमा हिजो पनि नेपाली यू–२३ को टोली कतारसँग ५–० को भारी गोल अन्तरले पराजित भयो । यो पराजयसँगै नेपाल छनाैट खेलबाट नै बाहिरि सकेको छ ।

लगभग एक हप्ताको अन्तरालमा नेपाली फुटबलले भोगेको यस पराजयले फेरी जीतको स्वाद चाख्न अर्को खेलको प्रतिक्षा गर्नु पर्ने भएको छ । जसका लागि नेपाली फ्यानहरू महिनाैँ देखि पर्खिरहेका छन् । तर पाउँन भने सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्