Logo

सपना बोकी बिदेश गएका आँखानै रहेनन !



Spread the love

baideshik-rojgar

 

वैदेशिक रोजगारीमा जाने समयमा आफ्ना बुबाआमा, छोराछोरी र श्रीमतीको आँखाको आँसुसहितको मुहार हेरेर विदेशिएका महोत्तरी बर्दिबास ३ का गण्ेश बहादुर श्रेष्ठले विदेशबाट फर्किदा आफ्ना परिवारको सदस्यको हँसिलो मुहार हेर्न पाएनन् ।

जग्गा साहुलाई सुम्पेर वैदेशिक रोजगरीमा गएका श्रेष्ठ कतारमै दृष्टिविहीन भएपछि अहिले उनी अचेत अवस्थामा छन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

७ बर्षीय छोरालाई राम्रो शिक्षादिक्षा दिन र घरपरिवारका सदस्यलाई मिठो मसिनो खुवाउन कतारको मेट्रोपार्क कम्पनीमा काम गर्न पुगेको यी युवकको अहिले जीवन नै समाप्त भएजस्तै भएको छ ।
स्वदेशमा रोजगारी नपाएपछि लहैलहैमा लागेर श्रेष्ठ वैदेशिक रोजगारीमा गएका थिए । कतारमा साथीसँग विवाद हुदा भएको झडपमा उनको दुवै आँखाको ज्योति गुम्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्