Logo

मण्डलामा नाटक ‘जोखना’ (दर्शक प्रतिक्रिया सहित)



Spread the love

अनामनगर स्थित मण्डला नाटक घरमा वियस राईको कथा ‘जोखना’मा आधारित नाटक ‘जोखना’ चैत ८ गतेदेखी नियमित मञ्चन भइरहेको छ ।

नाटक ‘जोखना’ अघिल्लो महिना सम्पन्न पहिलो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएको थियो ।

कथाको नाट्य रुपान्तर चर्चित साहित्यकार तथा मदन पुरस्कार विजेता लेखक राजन मुकारुङले गरेका हुन् भने यसको निर्देशन किरण चाम्लिङ राईले गरेका हुन् । चाम्लिङले यसअघि बहु-चर्चित नाटक ‘लाटो पहाड’को निर्देशन गरिसकेका छन् ।

‘जोखना’मा दस वर्षे द्वन्द्वकालमा आफ्नो श्रीमान हराएपछि एउटी महिलाले भोग्नु परेको घाटनाक्रमलाई संक्षिप्त र मर्मस्पर्श ढङ्गले देखाइएको छ । सांस्कृतिक संस्कारको पृष्ठभूमिमा निर्मित यस नाटकले वर्तमान नेपाली युवाहरूको अवस्थालाई पनि नियाल्ने प्रयास गरेको छ ।

नाटकमा संगीता थापा, रुपेश लामा, अनिल सुब्बाको मुख्य भूमिका रहेको छ । साथै, यसमा सन्जिव राई, कविराज राई, मानहाङ राई, पवित्रा राई, निशा पाख्रिन, सुदर्शन क्षेत्री, दिवान रसाइली र मनिकुमार राईको पनि अभिनय रहेको छ ।

चैत्र ८ गतेबाट मञ्चनको शुरु भएको नाटक सोमबारबाहेक एक महिनासम्म नियमित मञ्चन हुनेछ ।

हेर्नुहोस् नाटक हेरिसकेपछिको दर्शकहरूको भिडियो प्रतिक्रिया :

 

नाटक हेरिसकेपछि दर्शकहरूले फेसबुकमा दिएका प्रतिक्रिया :

 

 

 

 

प्रतिक्रिया दिनुहोस्