Logo

नगर भित्र कुनै नयाँ काम भएनः  नेता पन्थी



Spread the love

 

१२ चैत, गुल्मी – नेपाली काङग्रेस गुल्मीका सचिव खिलधोज पन्थीले गुल्मीको रेसुङगा नगरपालिका भित्र कुनै नयाँ काम नभएको आरोप लगाएका छन् । मङगलबार जिल्लाको स्थानीय टेलिभिजन गुल्मी टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा नेता पन्थीले सो कुरा बताएका हुन् । स्थानीय चुनाव भएको दुई वर्ष बितिसक्दा पनि नगरपालीकाले कुनै नौलो काम गर्न नसकेको उनको भनाई थियो ।

परम्परागत हुने कार्यलाई मात्र नगरपालिकाले निरन्त्ररता दिएको उनको बुझाई रहेको छ । साथै नेपाली काङग्रेस गुल्मीका गतिविधिको बारेमा जानकारी समेत गराएका थिए । साथै यही चैत १६,१७ गते नेपाली काङग्रेस गुल्मीको जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको र शीर्ष नेता गुल्मी आउने उनले बताए । साथै राष्ट्रिय प्रसङगमा सरकार काण्डै काण्डमा फसेको र दुई तिहाई को सरकार भएर पनि जनताको मर्म भावना अनुसार कुनै काम गर्न नसकेको उनले बताए ।

त्यस्तै, नेपाली काङग्रेसको अबको नेतृत्व युवा पुस्तामा जाने पनि उनले बताएका छन् । अब को महाधिवेशनबाट नयाँ पुस्ताले नेतृत्व पाउने र आफूले निभार्ह गर्न सक्ने भूमिका मा कुनै कमी नराख्ने पनि पन्थी ले उल्लेख गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्