Logo

मान्यता नपाएको देशबाट पिकेले खेले १०औं अन्तर्राष्ट्रिय खेल



Spread the love

१३ चैत , काठमाडाैं – स्पेनि राष्ट्रिय टोली तथा युरोपियन जायन्ट बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले स्पेनी टोलीबाट सन्यास लिए पनि अहिले उनी अन्तर्राष्ट्रिय खेल भने खेलिरहेका छन् । पिकेले रूस विश्वकप २०१८ मा स्पेनले रूससँग भोगेको अप्रत्यासित हारसँगै स्पेनबाट बिदा लिएका उनले अहिले क्याटलोनियाबाट भेनेजुएला विरूद्ध मैत्रीपूर्ण खेल खेलेका छन् ।

क्याटलोनियालार्इ फिफा र युइएफाले छुट्टै राज्यको मान्यता भने दिएको छैन तर यस राज्यले समय समयमा छुट्टै राज्यको माग गर्दै नारा तथा जुलुस गर्ने गरेको छ । क्याटलोनियाले सोही मागलार्इ फुटबलका माध्यम बनाएर निरन्तरता दिइरहेको छ ।

स्पेनबाट सन्यास लिएका पिकेको क्याटलोनियाका लागि पहिलो खेल भने होइन । उनले यो भन्दा अगाडी पनि सोही देशबाट ९ खेल खेलिसकेका छन् ।

पिकेले खेलेको १०अाैँ खेलमा क्याटलोनियाले भेनेजुएलालार्इ २–१ गोल अन्तरले पराजित गर्न सफल भयो । क्याटलोनियाका लागि स्टोक सिटीका फरवार्ड बोजनले सुरूवाति गोल गरेका थिए ।

भेनेजुएलाले बार्सिलोना स्टार मेसी सम्मिलित अर्जेन्टिनालार्इ गत हप्ता ३ – १ ले पराजित गरेको थियो । तर उसले क्याटलोनियालार्इ पराजित गर्न भने सकेन ।

विवादित राष्ट्र क्याटलोनियबाट खेल्नका लागि केहि स्पेनिस क्लबहरूले खेलाडीलार्इ अनुमति दिएका छैनन् । तर बार्सिलोनाका पूर्व खेलाडीहरू क्याटलोनियाबाट खेल्दैछन् । बार्सिलोनाका जेरार्डसँगै बार्सिलोनाका पूर्व मिडफिल्डर ज्याभि हर्नान्डेज पनि क्याटलोनियाका लागि खेल्नका लागि बोलाइएका थिए । तर उनि सो खेलमा भने उपस्थित हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्