Logo

चट्याङबाट गम्भीर घाईते भएका विकको मृत्यु



Spread the love

१३ चैत, गुल्मी – गुल्मीको मदाने गाउँपालिका वडा नम्वर १ अगलुङगमा मङगलबार परेको चट्याङबाट गम्भीर घाईते भएका ३६ वर्षीय मैत बहादुर विक को मुत्यु भएको छ ।

उनको गए राति करिब ११ बजे मृत्यु भएको समाजसेवि तथा नेपाली काङ्ग्रेस वडा नम्वर १ का सभापति शुशिल चंन्दले जानकारि दिएका छन । शव पोस्ट मार्टम गरि आफन्तलार्इ  बुझाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दिपक कुमार बस्नेत ले सल्लेरी खबरलाई जानकारी गराए । साथै यो दैवी प्रकोप भएको र कानुनी व्यवस्था अनुसार राहत पाउने समेत बस्नेतले बताएका छन् ।

मङगलबार दिउसो करिब २ बजे तिर परेको चट्याङले विक सहित अगलुङगका अन्य १२ जना घाईते भएको भएता पनि विकको अवस्था भने गम्भीर रहेको बताइएको थियो ।

साथै चट्याङबाट स्थानीय लघु विद्युतमा समेत क्षती पुगेको छ भने स्थानीय भरत विष्टका २ वटा खसि समेत मरेको बताईएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्