Logo

विप्लवप्रति लुम्बिनी प्रहरीको सक्रियता बढ्यो,विद्यार्थीदेखि जिल्ला तहका नेता गिरफ्तार, को कहाँ बाट गिरफ्तार भए?



Spread the love

१३ चैत , गुल्मी – पछिल्लो समय विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेपाल कम्युष्ट पार्टी नेकपा र सरकार बिच बढेको मनमुटावले समाज सनसनी  बनेको छ भने  सरकारले विप्लवका का नेता , कार्यकर्ताको निगरानी तथा गिरफ्तारीलाई सक्रियताका साथ अगाडि बढाएको छ ।
त्यस्तै, लुम्बिनीमा पनि प्रहरीले विप्लवका जिल्ला तहका नेता देखी कार्यकर्ता पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले सोमबार राति विप्लव नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र नवलपुरका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पक्राउ गरेको थियो भने मङ्गलबार नवलपुरका जनपरिषद् प्रमुख दानबहादुर आचार्यलाई पनि पक्राउ गरेको छ ।

त्यस्तै, यता गुल्मीमा मङगलबार आफ्नै कोठामा पढिरहेका अखिल (क्रान्तिकारि)का जिल्ला सचिव विष्णु बिकलाई प्रहरीले गिरफ्तार गरेको थियो भने सामान्य सोधपुछ पछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । साथै, गुल्मी जिल्लाका सेक्रेटरी खिम खड्कालाई झन्डै चार हप्ता अघि पक्राउ गरी अनुसान्धनको लागि प्रहरी हिरासतमा रहेका छन् ।

त्यस्तै, रुपन्देहीबाट प्रदेश चौधरी, योगेन्द्र यादव, महेन्द्र टण्डन, युवराज न्यौपाने र कपिलवस्तुबाट श्याम दास, मङ्गल थारु, दुर्गाबहादुर रोकायालाई गिरफ्तार गरेको नेकपा लुम्बिनी ब्युरोले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्