Logo

एसइई परीक्षाः २ निरीक्षक निष्कासित



Spread the love

१३ चैत, लहान – माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा सिरहाको विभिन्न परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई निष्कासित गरिएको छ । ११ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेकाले परीक्षा अनुगमन टोलीले चन्द्र मावि र सारस्वर मावि परीक्षा केन्द्रका निरीक्षकलाई निष्कासित गरिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख डोलराज पाण्डेले जानकारी दिए । परीक्षाको मर्यादा विपरित कार्य गरेका कारण परीक्षा अनुगमन टोलीले लहान नगरपालिकाको बस्तीपुर परीक्षा केन्द्रका आठ, सारस्वर मावि परीक्षा केन्द्रका दुई र चन्द्र मावि परीक्षा केन्द्रका एक परीक्षार्थीको परीक्षा रद्द गरेको छ ।

अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा आजको परीक्षा सम्पन्न भएको छ । परीक्षालाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न परीक्षा अनुगमन टोलीलाई प्रत्येक परीक्षा केन्द्रमा खटाइएको पाण्डेले बताए । यस वर्षको एसइईमा ३८ परीक्षा केन्द्रबाट नौ हजार १८५ परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्