Logo

सलमान खानको फिल्म ‘ट्यूबलाईट’ को कहानी भयो लीक



Spread the love

tublightबॉलीवुडका ‘दबंग’ सलमान खान अहिले आफ्नो आउन लागेको  फिल्म ट्यूबलाईट को शूटिंगमा व्यस्त छ्न्।  यस फिल्म लाई कबीर खानले निर्देशन गर्दैछन । यो  फिल्ममा सलमान खान एक वयस्कको भूमिका निभाउदै छन्।  यसै बीच सलमान खानको फिल्म ट्यूबलाईटको कहानी लीक भएको छ ।बॉलीवुड लाईफका अनुसार  सलमानको यो  फिल्म हॉलीवुड फिल्म लिटल बॉय बाट प्रेरित छ ।

सलमान खान र शाहरूख खान फिल्म ट्यूबलाइट मार्फत फेरी एकसाथ ठूलो पर्दामा देखिदैछन् । शाहरुख खानले यो फिल्ममा केमियो गरेका छन् । फिल्ममा शाहरूख एक जादूगरको भूमिकामा देखिनेछन् र उनको रोलको जुन डीटेल्स बाहिर आएको छ त्यसबाट यो के तय भएको छ भने यो फिल्म हलीउड फिल्म द लिटिल ब्यायको रिमेक हो ।

फिल्ममा शाहरुख खान एक जादूगरको भूमिकामा देखिनेछन् जबकी असलीमा यो भूमिका एक तान्त्रिकको थियो जो एक सानो बच्चालाई यो विश्वास दिन्छन् कि उनी हराएको पिता खोज्न सक्छन् । र, शाहरूखले यो जादूगरको भूमिका निर्वाहा गरेका छन् । ट्यूबलाइटमा सलमान र सोहेल दाई भाई बनेका छन् । सलमानको स्मरण शक्ति कमजोर भएका कारण उनलाई मानिसहरु ट्यूबलाइट भनेर बोलाउने गर्छन । युद्धमा उनका भाई सोहेल जान्छन् तर फर्किएर आउँदैनन् । त्यसैले सलमान खान सोहेललाई खोज्न हिँड्छन् । र, यही सफरमा उनको भेट हुन्छ फिल्मकी हिरोइन ज़्हू ज़्हूसँग । फिल्मको कथा यसै वरीपरि घुम्नेछ ।ट्यूबलाईट यसै बर्ष ईद मा रिलीज़ हुनेछ।

प्रतिक्रिया दिनुहोस्