Logo

तेक्वान्दो खेलाडी मलेशिया प्रस्थान गर्दैः पदक हात पार्नेमा प्रशिक्षक पौडेल विश्वस्त



Spread the love
बिदाइ कार्यक्रम पछि फोटो खिचाउँदै नेपाली टोली

१४ चैत, गुल्मी – प्रथम प्रशान्त एशियन तेक्वान्दो प्रतियोगीतामा सहभागी हुन आज राती १०ः४० बजे नेपाली टोली मलेशिया प्रस्थान गर्दै छ ।

७ जना खेलाडी सहित १३ सदस्यीय नेपाली टोलीलाई आज गुल्मी जिल्लाका सांसद् तथा श्रम मन्त्री गोकर्ण विष्ट र राखेपले छुटाटटै बिदाई गरेको हो ।

त्यस्तै, नेपाली टोलीका प्रशिक्षक विकल पौडलले सल्लेरी खबरसँग कुराकानी गर्दै भने,”हाम्रा खेलाडी राम्रा छन् र तयारी पनि राम्रो छ । हामीे पदक हात पार्न सफल हुन्छौँ । हाम्रा खेलाडी प्रति मलाई विश्वास छ ।”

चैत १५,१६,१७ गते मलेशियाको सेल्नगर मा हुने खेलमा ३२ देशका १७ सय खेलाडीको सहभागीता रहनेछ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्