Logo

परीक्षा अगावै सामाजिक विषयकाे प्रश्नपत्र बाहिरियो



Spread the love

काठमाडौँ, चैत १५ गते ।
प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सामाजिक विषयकाे प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अघि नै बाहिरिएकाे छ। आज हुने अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र परीक्षा अगाडिनै बाहिरिए पछि परीक्षा स्थगित गरिएकाे छ । सप्तरी र धनुषामा प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जालमार्फत बाहिरिएको आशंका गरिएकाे थियाे ।

तर आजको लागि तोकिएको प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रहेको छ । आज हुने परीक्षाको प्रश्‍नपत्र जनकपुरमा बिहीबार नै फेला परेको थियाे । बिहीरबार रातिदेखि नै सामाजिक सञ्जालहरूबाट उक्त प्रश्नपत्र आउट भएर भाइरल बने पछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बैठक बोलाएर परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे । बोर्डले आज साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न-पत्र आउट भएको पुष्टि गरेको थियो ।


यसअघि विज्ञान विषयको प्रश्नपत्र आउट भए पछि प्रदेश २ मा साे विषयकाे परीक्षा पनि रद्द गरिएकाे थियो ।

राष्ट्रिय परीक्षा बोर्डकाे बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा छानबिनका लागि १५ दिने म्यादसहित छानबिन समिति गठन गरेकाे थियाे । तर साेही दिन फेरि सामाजिक विषयको प्रश्‍नपत्र पनि परीक्षाअगावै बाहिरिएपछि यसले गम्भीर प्रश्न निम्त्याएको छ । यसबारे अध्ययन गर्न बोर्ड र प्रदेश सरकारले छुट्टाछुट्टै समिति बनाएका छन् ।

यस वर्षदेखि प्रदेशगत आधारमा प्रश्न पत्र फरक फरक रहेकाे हुँदा प्रदेश- २ बाहेक अन्यत्रकाे परीक्षा भने चालु छ ।

प्रतिक्रिया दिनुहोस्