Logo

पहिलो मेसी, दोश्रो मेसी र तेश्रो पनि मेसी नै (भिडियो सहित)



Spread the love

बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसी बार्सिलोनाको क्लब इतिहासको नयाँ किर्तिमानमा नाम लेखाउँन सफल भएका छन् । बार्सिलोना फ्यानका भोटहरूको आधारमा मेसी नयाँ रेकर्डधारी बार्सा स्टार हुन सफल भएका हुन् ।

बार्सिलोनामा लगभग १६ वर्ष बिताएका मेसीले बार्सिलोनाका लागि गरिएका सबैभन्दा उत्कृष्ट गोलकर्ताको रेकर्डमा आफ्नो नाममा राख्न सफल भएका हुन् । मेसीले २००६/७ को सिजनमा स्पेनिस कोपा डेल रे अन्तर्गत गेटाफे विरूद्ध गरेको गोल नै  बार्सिलोना इतिहासको सबैभन्दा उत्कृष्ट गोलमा पर्न सफल भयो । मेसीले गेटाफे विरूद्ध गरेको गोल अर्जेन्टिनाकै लिजेन्ड म्याराडोनाले विश्वकप १९८६ मा इंग्ल्याण्ड विरूद्ध गरेको गोल जस्तै थियो ।

मेसीको गेटाफे विरूद्धको गोल, भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://www.youtube.com/watch?v=NtyIkfl_t-4

त्यसै गरी मेसीले नै सन् २०१४/१५ को सिजनमा कोपा डेल रे प्रतियोगिताको फाइनल खेलमा एथ्लेटिको विलबाओ विरूद्ध गरेको गोल दोश्रो उत्कृष्ट गोलको सुचीमा पर्दा २०१०/११ को सिजनमा बार्साकै कट्टर प्रतिद्वन्द्वी रियल मड्रिड विरूद्ध च्याम्पिन्स लिगको सेमिफाइनलमा रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा गरेको गोल तेश्रो उत्कृष्ट गोलको सूचिमा पर्न सफल भयो ।

मेसीको विलबाओ विरूद्धको गोल, भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://www.youtube.com/watch?v=YBaXSEkzAEE

मेसीले ती ३ गोल नै बलिया भनिएका रक्षकहरूलाई एक्लै छलाउँदै गरेका थिए ।

उत्कृष्ट गोलका लागि १ सय ६० भन्दा बढी देशका ५ लाख भन्दा बढि बार्सा फ्यानले मतदान गरेका थिए ।

   मेसीको विलबाओ विरूद्धको गोल, भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://www.youtube.com/watch?v=lsqJzJOx2KY

प्रतिक्रिया दिनुहोस्