Logo

नेपाल एयरलाइन्सले तुलसीपुरमा दैनिक दुईपटक हवाई उडान भर्ने



Spread the love

दाङ, चैत १५ गते ।

काठमाडौँबाट दाङको तुलसीपुरको लागि नेपाल एयरलाइन्सले अब दैनिक दुईपटक उडान संचालन गर्ने भएको छ। यात्रुको अत्याधिक चापको कारण नेपाल एयरलाइन्सको विमानले दुईपटक उडान भर्ने भएको हो ।

असोज २७ गतेबाट सातामा दुईवटा उडान भर्दै आएको वायुसेवा निगमको विमानले पुसबाट दैनिक सेवा सञ्चालन गर्दै आएको थियो । अहिले दैनिक एक उडान भर्दै आएको र लामो समयदेखि बन्द रहेको विमान सेवा पुन नियमित सञ्चालन भएपछि चैत १८ गतेबाट उडान भर्ने तयारी भएको कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले जानकारी दिए । एयरलाइन्सको भूमिका सकारात्मक भएको हुनाले स्थानीयले सहज रूपमा हवाई सेवा पाउने बताए ।

यहाँका सर्बसाधारणहरु एकैदिनमा काठमाडौंको काम सकेर दाङ आउन पाइने र व्यापारीहरुलाई व्यापारमा निकै फाइदा पुग्ने भयो भन्दै खुसी भएका छन् । आपतकालीन अवस्थामा जिल्ला बाहिरको हवाई मार्ग प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको भन्दै तुलसीपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले दैनिक दुईपटक हवाइ सेवा सञ्चालन हुँदा निकै राहत महसुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्