Logo

प्रदेश न २ मा दोस्रो पटक (एसइई) रद्द हुदा बिद्यार्थी आन्दोलनमा उत्रिए



Spread the love

१५ चैत्र , सर्लाही ।
प्रदेश न २ मा लगातार दुई वटा विषयको माध्यमिक शिक्षा परीक्षा (एसइई) बारम्बार परीक्षा रद्द हुदा बिद्यार्थीहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

 

यसअघि बिहिवार पनि परीक्षा हुनुभन्दा अघिनै अनिवार्य विज्ञान विषयको प्रश्नपत्र आउट हुदा परीक्षा रद्द गरिएको थियो । शुक्रबार अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै आउट हुदा नियमित तर्फ बिद्यार्थीको परीक्षा रद्द गरिएको थियो ।  बिहान परीक्षा केन्द्रमा पुगेका बिधार्थी परीक्षा रद्द भएको जानकारी पाउना साथ आन्दोलनमा उत्रिएका छन ।

दोस्रो पटक परीक्षा स्थगित भएपछि असन्तुष्ट बिधार्थीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दीमा पनि शुक्रवार बिहान आन्दोलनमा उत्रिएका छन ।

सर्लाही सदरमुकाम मलङ्गवामा टाएर बालेर प्रदर्शन गरेका थिए । मलङ्गवाको बसपार्क नजिक टाएर बालेर नाराबाजी गरिरहेका बिद्यार्थीलाई प्रहरीले बल प्रयोग गरेर भगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्