Logo

बेसार बिक्री नहुँदा कृषकहरु चिन्तित



Spread the love


चैत्र १५, २०७५ ।

इलामका कृषकले उत्पादन गरेको २० टन भन्दा धेरै बेसार बिक्री नहुदा किसानहरु निराश छन् । बजारमा पुर्‍याउने प्रविधि नहुँदा कृषकले ठूलो नोक्सानी सहनु परेको हो । बजार व्यवस्थापनमा सरोकारवालाले पहल नगर्दा कृषकले समस्या भोगिरहनु परेको छ ।
बेसार खेती गर्दै आएका इलामका विभिन्न गाउँका किसानहरुको बारीमा १ सयदेखि ४ सय मन सम्म बेसार बिक्री नभएको अवस्थामा छ । जिल्लाको सोयाक, सुम्बेक, कन्याम, चिसापानी, साकफारालगायत गाउँमा बेसारको धेरै उत्पादन हुन्छ ।

बेसारमा पाइने बहुगुणी तत्वले क्यान्सर, मधुमेह, आथ्रिटिस तथा युरिक एसिडजस्ता रोगहरुलाई टाडा राख्छ । विभिन्न सौन्दर्य सामग्री तथा औषधि बनाउनसमेत प्रयोग हुने बेसार खेतीमा कृषकको उत्साह रहे पनि बजार समस्याले सताएको हो ।बजारकै समस्याले कृषकले खेती छाड्ने मनस्थिति समेत बनाएका छन् ।

नेपाली बजारमा भारत, चीन र मलेसियाबाट पनि बेसार आयात हुने गरेको छ । नेपालबाट भारत, जर्मनी, अमेरिका, जापान र चीनमा बेसार निर्यात हुँदै आएपनि त्यो घट्दो दरमा छ ।

अरू बालीको तुलनामा प्रतिहेक्टर बेसारको उत्पादकत्व पनि उच्च छ।  जिल्लामा करिब एक सय १२ हेक्टरमा वार्षिक दुई हजार मेट्रिक टन बेसार उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।जिल्लाको सोयाक, सुम्बेक, कन्याम, चिसापानी, साकफारालगायत गाउँमा बेसारको धेरै उत्पादन हुन्छ

प्रतिक्रिया दिनुहोस्