Logo

प्रेम गरेको आभियोगमा विद्यालयबाट निकालीएपछि १० कक्षामा पढ्ने विद्यार्थीले रोजे मृत्‍युको बाटो !



Spread the love

suicide

ललितपुरको धापाखेलमा रहेको जेम्स स्कुलमा अध्ययन गर्दै आएका दाङका प्रज्वल शर्माको आफूसँगै पढ्ने केटी साथीसँग माया बसेको र यस्का बारे निकै चर्चित मानिने जेम्स स्कुलका प्रिन्सिपल बादल प्रधानले थाहा पाएपछि गत मङ्गलवार स्कुलबाट निकालिदिका कारण आत्महत्या गरेका छन्न । स्कुलले निकालेपछि निकै तनावमा आएका प्रज्वलले अन्ततः मृत्युको बाटो रोजे । बिहीबार उनलाई आफू सुत्ने कोठामा फ्यानको हुकमा झुण्डिएको अवस्थामा फेला पारेपछि उनका दाइले छिमेकीलाई खबर गरेका थिए ।
सलको पासो लागेर झुण्डिएका शर्मालाई प्रहरीको रोहबरमा उपचारका लागी बल्खु स्थित बयोधा अस्पताल लैजाँदा मृत्यु भएको पारिवारिक स्रोतको भनाई छ ।
दाङको परस्पुर गाविस घर भएका प्रज्वलको आमा त्रिभुवन विश्वाविद्यालयका कर्मचारी हुन् । उनका बाबु राजनीतिमा संलग्न रहेको बताइएको छ । प्रज्वल बाबु आमासँगै बस्दै आएका थिए ।

बिहीबार मध्यान्ह साढे २ बजेतिर ढोकामा चुकुल लगाएर उनी झुण्डिएको उनको दाइले देखेको बताइएको छ ।

मङ्गलवार विद्यालयले निलम्बन गरेपछि प्रज्वल धेरै तनावमा देखिएका थिए । प्रज्वललाई परिवारले संझाएर राखेपनी बिहीबार उनलाई घरमा एक्लै छाडेर परिवारका सदस्यहरू घर बाहिर हिँडेका थिए । सोही बेला उन्ले ढोकामा चुकुल लगाएर आत्महत्या गरेको उनको दाइले बताइएका छन्न ।

प्रतिक्रिया दिनुहोस्