Logo

पूर्वप्रधानमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएर फरार



Spread the love

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले एक स्कुटरलाई ठक्कर दिएर फरार भएको छ ।

ट्राफिक नियम विपरीत जिकज्याक तरिकाले चलाएको सशस्त्र प्रहरी बलको बा. १ झ ९५२७ भ्यानले उछिन्न लाग्दा स्कुटरलाई पछिल्लो पाङ्ग्राले ठक्कर दिँदा स्कुटर दुर्घटनामा परेको छ । भ्यानको पछाडि बस्ने चार जना सुरक्षाकर्मीले स्कुटर दुर्घटनामा परेको देखेका छन् तर भ्यान भने नरोकेर फरार भएको छ ।

ठक्कर दिने सशस्त्र प्रहरी बलको बा. १ झ ९५२७ भ्यान

भिडियो खिच्ने सञ्जीव कुमार तामाङले सल्लेरी खबरलाई बताएअनुसार घटना शुक्रवार बेलुका ५ बजेर ४५ मिनेट तिरको हो । तामाङले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सामान्यतया नेताको सुरक्षामा हिँड्ने गाडीहरू ट्राफिक नियम उल्लंघन गर्दै चलाएको देखिन्छन् । यस घटनालाई लिएर सामाजिक सञ्जालमा जनताको एकदमै आक्रोश देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले बताएको छ ।

यता पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भने फेसबुकमा स्टेटस लेख्दै घटनाबारे आफूलाई तत्कालै थाहा नभएको, सुरक्षाकर्मीले जानकारी गराउँदा  एक दिनपछि मात्रै थाहा पाएको उल्लेख गरेका छन् ।

 

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको फेसबुक स्टेटस

 

सञ्जीव कुमार तामाङले खिचेको भिडियो

प्रतिक्रिया दिनुहोस्