Logo

नेपालमा पनि आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै !



Spread the love

cancer

आज विश्व क्यान्सर दिवसको अवसरमा ‘म सक्छु, हामी सक्छौं’ भन्ने मूल नाराका साथ नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाईदैछ ।
क्यान्सर दिवस मनाउनुको मुख्य उद्सेय क्यान्सर रोगीको संख्या बढ्दै गईरहेको बेला जनचेतनामूलक कार्यक्रम आयोजना गरी क्यान्सर बिरुद्ध लड्नु हो ।
यसै अवसर पारेर सरकारले क्यान्सर रोग निवारण गर्न विशेष कार्यक्रम ल्याउने घोषणा गरेको छ ।
क्यान्सर दिवसकै अवसर पारेर काठमाडौंमा शनिवार विहान साईकल र्यली पनि निकालिएको हो । आमजनतमा जनचेतना जगाउने उद्देश्यका साथ साईकल र्याली निकालिएको हो ।
साईकल र्याली को मुख्य उद्सेय क्यान्सर लाग्न नदिन र सचेत रहन सबैमा अपिल गर्नु थियो । नेपालमा वर्षेनी १५ हजार क्यान्सर रोगको कारण मृत्यु हुने गरेको सरकारी तथ्यांक रहेको छ ।
नेपालमा खानपान र वातावरणको उचित ध्यान दिन नसक्दा यो रोग लागेका विरामीको संख्या बढदै गएको हो । नेपालमा सबै भन्दा धेरै फोक्सोको क्यान्सरको रोगी रहेको चिकित्सकहरुले बताएका छन ।
ध्रुमपान, मध्यपान नगरे तथा चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकहरुले बताएका छन । खानपानमा ध्यान पु¥याउन सके मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम गर्न सकिने विश्व स्वास्थ्य संगठनले बतायको छ ।

प्रतिक्रिया दिनुहोस्