Logo

यो सिजन बार्सिलोनाले भित्र्याएका ३ उत्कृष्ट खेलाडीहरू



Spread the love

१७ चैत , काठमाडाैँ – बार्सिलोना सँधै आकर्षक खेल पस्किने गर्छ भने त्यसका लागि बार्साले खेलाडी खोज्न पनि त्यतिकै मात्रामा मेहनत गर्ने गर्दछ । प्राय आफुलाई चाहिने कौशलता भएका खेलाडी स्वयं उत्पादन गर्न माहिर बार्सिलोनाले अन्य क्लबबाट समेत खेलाडी भित्र्याउँछ । यो सिजन पनि बार्सिलोनाले केहि खेलाडी भित्र्यायो । जस मध्ये बार्सिलोनामा यी ३ खेलाडीले आकर्षक खेल प्रस्तुत गर्न सफल भइरहेका छन् ।

१. आर्थुर मेलो

बार्सिलोनामा १६ वर्ष बिताएर २०१८र१९ मा इनियष्टा बिदा भएसँगै बार्सिलोना उनको स्थानमा फिट हुने खेलाडीको खोजमा व्यस्त भयो । कतिपयले बार्सिलोनाले इनियष्टा जत्तिको खेल्ने खेलाडी नपाउँने अन्दाज लगाए । तर, जब बार्सिलोना ब्राजिलियन क्लब ग्रेमियोबाट व्यवसायिक फुटबल खेलिरहेका आर्थुर मेलोलाई भित्र्यायो सबै जना आफ्नो तर्कका बारेमा सोच्न बाध्य भए । इनियष्टाकै ८ नम्बरको जर्सी लगाएका आर्थुरले इनियष्टाको जस्तै फुटबल पस्कन सफल भए । सबै विश्वास नलग्न सक्छ की यो सिजन नै आर्थुरको पहिलो युरोपियन सिजन हो । बार्सिलोनाको जर्सीमा २० लिग खेल खेलेका आर्थुरले गोल गर्न नसके पनि हरेक खेलमा जीतका लागि महत्वपूर्ण भूमिका खेलेका छन् । उनलाई बार्सिलोनामा ज्याभि र इनियष्टा जत्तिकै प्रतिभावान खेलाडीको रूपमा हेर्ने गरिएको छ ।

२. क्लिमेन्ट लङलेट 

यी २३ वर्षिय फ्रेन्च खेलाडीलाई बार्सिलोनाले स्पेनिस क्लब सेभिल्लाबाट भित्र्याएको हो । सन् २०१६ देखि २०१८ सम्म सेभिल्लामा बिताएका यी सेन्ट्रल डिफेन्डरले सेभिल्लाका लागि ५२ खेल खेल्दै ३ लिग गोल समेत गरेका थिए । बार्सिलोनाका अर्का फ्रेन्च डिफेन्डर स्यामुएल उम्टिटि घाइते भएर धेरै समय मैदान बाहिर रहेको फाइदा लङलेटले पाए । उम्टिटिको स्थानमा खेल्न आएका उनले अहिले उम्टिटिलाई नै बेन्चमा बस्न बाध्य बनाए ।

३. अर्टुरो भिडाल

युरोपिन फुटबल मध्ये पनि धेरै लिगको स्वाद चाखेका अट्याकिङ मिडफिल्डर अर्टुरो भिडाल जर्मन क्लब बार्यन म्युनिखबाट यसै सिजन बार्सिलोनामा अनुबन्ध भएका हुन् । जीतका प्यासि यी योद्धा बार्सिलोना र बार्यन भन्दा अगाडी जुभेन्टस र बार्यन लिभरकुशेबाट फुटबल खेल्थे । युरोपियन लिग फुटबलमा मात्रै ६६ गोल गरेका भिडालले बार्सिलोनाका लागि २५ लिग खेल खेल्दै २ गोल समेत गरेका छन् । त्यसमध्ये १ गोल बार्सिलोनाको कट्टर प्रतिद्वन्द्वी रियल मड्रिड विरूद्ध गरेका छन् । छोटो समयमा नै भिडाल पनि बार्सिलोनाको खेल शैलीमा फिट हुन सफल भए ।

प्रतिक्रिया दिनुहोस्