Logo

ओखलढुंगामा जिप दुर्घटना हुँदा ६ जनाको मुत्यु



Spread the love

१७ चैत्र , ओखलढुंगा
हलेसीबाट काठमाडौंतर्फ आइरहेको बा १६ च २२०७ नम्बरको स्कर्पियो जीप ओखलढुंगाको हिलेपानी नजिकै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन्।

जिप ओखलढुंगाको मानेभञ्झ्याङ गाउँपालिका ६ घुर्मीबाट २ किलोमिटर माथि भीरबाट खसेको छ । मृतक मध्ये चार पुरुष र दुई महिला छन् । मृतकहरूमा काठमाडौँ बौद्ध बस्ने ३५ वर्षीय नोर्बु शेर्पा, ४५ वर्षका साङ्ंगेल शेर्पा , ५५ वर्षका मिङ्मा शर्मा, गोमा शेर्पा र नुमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । एकजनाको सनाखत हुन सकेको छैन ।

घाइते तीन जनाको अवस्था गम्भीर रहेकोले सामान्य उपचार पछि काठमाडौँ रीफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्