Logo

हेल्लो, दारी ग्याङ्ग!



Spread the love
 dinesh

“गालामा दारी, काधमा जिम्मेवारी।” असी हजार बढी सदस्यहरु भएको फेसबुक ग्रुपमा सर्वाधिक रुचाइएको ‘पोस्ट’ हो यो। प्रबिधिको दुनियाँ फुर्सद, कसैलाई छैन। पैसा कमाउ मेसिनबाट, खर्च गर मेसिनबाट। मेसिनसँगै माया, मेसिनबाटै माया। दुनियाँ आफ्नै काम व्यस्त, गाउँ-समाजमा को छ? कोही छैन। काम कसले गर्छ, मेसिनले। कहिँकतै कसैको मृत्यु भयो, फोटो खिच्दै फेसबुकमा ‘हार्दिक श्रद्धाञ्जली’ भन्नेको कमि छैन तर, मरेको लास उठाउने कोही छैन। फेसबुक हो, जहाँ सबैले विभिन्न किसिमका गरिएका, गर्न लागिएका कामको पोस्ट गरेका हुन्छन्। तर, त्यस्तो जमातको पनि कमी छै त्यहाँ, जसले कामै नगरी, खाली ‘स्ट्याटस/पोस्ट’ मात्र गरिरहेका हुन्छन्।

मानौं कि त्यस्ता काम तिनीहरू भन्दा अरु कसैले गरेकै छैन र गर्नै सक्दैन। फेसबुक तिनै ‘साइट’ मध्येको एक हो जहाँ दैनिक करोडौं मान्छेहरु जोडिरहेका हुन्छन्। जहाँ अरबौ लाइक र टिप्पणीहरुको बर्साद हुन्छ, दैनिक। त्यस्ता ‘फेसबुक ग्रुप’ कमी छैन त्यहाँ जहाँ चाहिने भन्दा नचाहिने कुराहरु बढी पोस्ट हुन्छन्। तर यस्ता ग्रुप पनि छन् जहाँ केही मानव उपयोगी, समाज अनि देशप्रेमका कुरा हुन्छन्। तिनै मध्येको एक हो, ‘दारी ग्याङ्ग’ जहाँ आफ्ना थरीथरी स्टाइल अनि रंगीबिरङी दारीबाट समाजप्रेम र समाज सेवाको भाव झल्किरहेको हुन्छ।करिब एक बर्ष अगाडी खोलिएको यो ग्रुपमा नचाहिने ‘वाहियात’ कुरा भन्दा सामाजिक सेवाका विषयले प्राथमिकता पाउछन्। समाज सेवामा दारी ग्याङ्ग- कसैले पोस्ट गर्‍यो- हेल्प पोस्ट! रक्त क्यान्सरबाट ग्रसित मेरो साथीलाई तुरुन्तै AB +ve रगतको आवश्यकता। स्थान- गंगालाल अस्पताल सम्पर्क-********** एकछिन पछि फोन आयो “म दारी ग्याङ्गबाट, मेरो रगत समुह पनि AB +ve कतिबेला दिनुपर्ने हो?” यसैगरी फोन आउने क्रम बढ्दै गयो। चाहिएको रक्तदाता संख्या ५ जना, म रगत दिन तयार छु भन्नेको संख्या दस बढी। उता पोस्टमा .(थोप्लो) लेखेर बुस्ट गर्नेको संख्या पनि उस्तै। यसरी आधा जीवन अस्पतालको सैयामा रहेको कुनै व्यक्तिको बाकी जीवन ‘दारी ग्याङ्ग’बाट बचाउन सफल दारी समुह अहिले सामाजिक कार्यहरू सँगै सामाजिक संजालमा निकै लोकप्रिय बन्दै गएको छ। यसैगरी कसैको लाइसेन्स हरायो, भेटियो को मार्फत, दारी ग्याङ्ग। कसैको पासपोर्ट हरायो, दारी ग्याङ्ग। कसैको बच्चा हरायो/फेला पर्यो, दारी ग्याङ्ग।

भुकम्पले भत्किएको घर बनाउनुपर्यो, दारी ग्याङ्ग। कर्णालीमा चामल र नुन पुगेन, सूचना सम्प्रेषण गर्नेदेखि वितरणसम्म दारी ग्याङ्ग। वाग्मतीमा फोहोर टिपने, दारी ग्याङ्ग। यसरी समाजमा आइलाग्ने दुःख, समस्या र विपतप्रति दारी ग्याङ्गले कलात्मक तरिकाले सजिएका दारीवालामार्फत सहयोग गर्दै आइरहेको छ, जुन सराहनीय छ। साथै समाज अनि देशका लागि उदाहरणीय पनि र त अहिले बजारमा ट्रेन्ड चलिरहेको छ- हेल्लो दारी ग्याङ्ग

प्रतिक्रिया दिनुहोस्