Logo

प्रधानमन्त्री केपी शर्मा ओली उद्धारको लागि बारा र पर्सा जाँदै



Spread the love

काठमाडौं, चैत १८ गते ।
आइतबार साँझ आएको भीषण हावाहुरीले बारा, पर्सा लगायतका जिल्लामा जनधनको धेरै क्षति भएको खवर पश्चात् केपी शर्मा ओली गृह नगर झापाका सबै कार्यक्रम स्थगित गरेर प्रभावित जिल्ला जाने भएको छन् ।

आइतबार गृहजिल्ला गएका प्रधानमन्त्री ओली झापामा सोमबार दिउँसोका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी हावाहुरी प्रभावित जिल्ला जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

प्रधानमन्त्री ओलीले आइतबार राती नै ट्वीट मार्फत गहिरो दुःख व्यक्त गर्दै उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केही बेरमा सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्