Logo

आईपीएलः सन्दीप अटाउलान् त आजको खेलमा ? हेर्नुहोस् सम्भावित टिम !



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत नेपाली समय अनुसार राति सवा ८ बजे शुरु हुने आजको एकमात्र खेलमा किंग्स इलाभेन पञ्जाब र दिल्ली क्यापिटल्स आमनेसामने हुदैं छन् ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्लीको म्याच भएकाले, उनको प्लेइङ इलाभेनको सम्भावनालाई लिएर क्रिकेट बजारमा विभिन्न अड्कलबाजीहरू हुन थालेका छन् ।

यसअघिको खेलमा पहिलोपल्ट मैदानमा उत्रिएका सन्दीपले एकदमै राम्रो प्रदर्शनी देखाएका थिए । यसकारण पनि आजको खेलमा उनको सम्भावना बलियो रहेको क्रिकेटका पण्डितहरूले बताएका छन् ।

आईपीएलमा दिल्ली र पञ्जाब अहिलेसम्म २२ पटक भिडेका छन्, जसमा दिल्ली ९ र पञ्जाबले १३ पटक जित आफ्नो पक्षमा पार्न सफल दरिएका छन् ।

यो सिजनको आईपीएलमा दुवै टिमको यो चौथो खेल हो ।

दिल्लीले अहिलेसम्म तीन खेल मध्ये २ खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । ४ अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।

पञ्जाबले पनि ३ खेल मध्ये २ मा जित र एकमा हार व्यहोर्दै ४ अंक नै बनाए पनि रन रेटका आधारमा चौथो स्थानमा रहेको छ ।

आजको खेलमा को–को ले पाउन सक्लान त मौका ?

हेर्नुस् सम्भावित टिम –

दिल्ली क्यापिटल्सः 

श्रेयस अय्यर (कप्तान)

शिखर धवन

ऋषभ पन्त (विकेट किपर)

पृथ्वी शा

सन्दीप लामिछाने

कोलिन मुनरो

हर्षल पटेल

कागिसो रबाडा

क्रिस मोरिस

हनुमा बिहारी

राहुल तेबटीया

किंग्स इलाभेन पन्जावः 

रविचन्द्रन आश्विन (कप्तान)

क्रिस गेल

लोकेश राहूल (विकेट किपर)

मयंक अग्रवाल

डेबिड मिलर

मन्दीप सिंह

सरफराज खान

हार्दुस भिल्जोइन

मोहम्मद सामी

एन्डु टाय

मुगन आश्विन

प्रतिक्रिया दिनुहोस्