Logo

भारतबाट हतियार काठमाडौं पुर्याउने तस्कर पक्राउ ।



Spread the love

gun

भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ ।
नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ ।
लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो ।

भारतको रिसियाबाट पेस्तोर र गोली बोकेर आएका पठानले काठमाडौं सप्लाई गर्ने खुलासा गरेका छन् ।
स्रोतका अनुसार पठानको समुहमा अझै आधा दर्जन रहेका छन् । भारतबाट नेपालगन्ज र नेपालगन्जदेखि काठमाडौंसम्म साना हतियार पुर्याउनका लागि एउटा गिरोह नै सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंमा क कस्ले यहाँबाट हतियार मगाउँछन् भन्ने बारेमा पनि सेधीखोजी थालिएको प्रहरीले बताएको छ । यस्ता साना हतियार डन हरुले बढी प्रयोग गर्ने गरेको सम्बद्धहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्