Logo

विश्व फुटबलमा सर्वाधिक तलब लिने स्टार फुटबलरहरु



Spread the love

१९ चैत, काठमाडौं।
पछिल्लो समय विश्व फुटबलमा स्टार खेलाडीहरुले सर्बाधिक तलब लिने क्रम झन् बढेको छ । राम्रो खेलाडीहरु अनुबन्धन गर्न क्लबहरुले पनि खुलेर खर्च गर्न थालेका छन् ।

नयाँ खेलाडीलाई क्लबमा ल्याउन मात्र हैन, टोलीमा रहेका खेलाडीलाई नै नयाँ सम्झौता गर्दै तलब बढाएर क्लबमा राख्ने कार्य बढ्दो छ । यसक्रममा विश्व फुटबलमा सर्वाधिक तलब पाउने शीर्ष पाँच खेलाडी यसप्रकार छन् :

१. लिओनेल मेसी
क्लब : बार्सिलोना
वार्षिक तलब : १ सय ३० मिलियन युरो
नेपाली पैसामा वार्षिक १६ अरब रुपैयाँ

२. क्रिस्टियानो रोनाल्डो
क्लब : युभेन्ट्स
वार्षिक तलब : १ सय १३ मिलियन युरो
नेपाली पैसामा १४ अरब रुपैयाँ

३. नेयमार
क्लब : पेरिस सेन्ट जर्मेन
वार्षिक तलब : ९१.५ मिलियन युरो
नेपाली पैसामा ११ अरब रुपैयाँ

४. एन्टोइन ग्रिज्मन
क्लब : एटलेटिको म्याड्रिड
वार्षिक तलब : ४४.५ मिलियन युरो
नेपाली पैसामा साढें ५ अरब रुपैयाँ

५. ग्यारेथ बेल
क्लब : रियल म्याड्रिड
वार्षिक तलब : ४०.२ मिलियन युरो
नेपाली पैसामा ५ अरब रुपैयाँ

प्रतिक्रिया दिनुहोस्