Logo

मनाङ मर्स्याङ्दी क्लब आफ्नो पहिलो खेलमा जित हात पार्ने लक्ष्यमा



Spread the love

काठमाडौं ,चैत १९ ।
एएफसी कपको समूह चरणको खेलमा बुधबार मनाङ मर्स्याङदी क्लबले ढाका अबहानीको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

खेलको पूर्वसन्ध्यामा बोल्दै मनाङका कप्तान विराज महर्जनले दुवै टोली एकै स्तरको रहेको बताएका छन् । ‘हामीले यसअघि पनि अबाहानीसँग खेलेका छौं । हामीले राम्रो प्रदर्शन गर्दै आएका छौं । राष्ट्रिय टोलीमा पनि अबाहानीका केहि खेलाडी रहेका थिए । दुवै टोली उस्तै स्तरको रहेको मेरो बुझाइ छ,’ उनले भने ।

लिग च्याम्पियन मनाङको तयारी पनि राम्रो रहेको कप्तान महर्जनले बताए । ‘हामीले छोटो समयमा भएपनि राम्रो तयारी गरेका छौं । लिगको टोलीमा केहि खेलाडी थपिएका छन् । अझै राम्रो प्रदर्शन हुने अपेक्षा छ,’ उनले भने ।

मनाङको समुहमा ढाकासँगै भारतको मिनेर्भा पन्जाब र चेन्नईयन फुटबल क्लब रहेका छन् । मनाङले पहिलो खेल ढाकासँग खेलेपछि भारतको दुई टोलीसँग उनीहरुकै मैदानमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्