Logo

अब दर्शकले पनि भिएआरको निर्णय हेर्न पाउने



Spread the love

चैत १९, काठमाडाैँ – क्रिकेटमा पहिलेदेखि नै चलेको भिडियो रेफ्री फुटबलमा भने २ वर्ष पहिले मात्र प्रयोग भएको हो । तर २ वर्ष सम्म रेफ्रीले मात्र  लिन पाउने भिडियो असिस्टेन्स अब दर्शकले पनि हेर्न पाउने भएका छन् ।

 यो सिजनको एफए कपको वेम्ली स्टेडियममा हुने फाइनल खेलमा भिएआर ( भिडियो असिस्टेन्ट रेफ्री )लाई दर्शकहरूले पनि हेर्न मिल्ने गरी राखिने भएको छ । अब यसबाट दर्शकहरू पनि रेफ्रीको निर्णयलाई हेर्न पाउने भएका छन् ।

एफए कपको फाइनल खेलमा खेलमा रेफ्रीले गरेको निर्णयलाई भिडियो क्लिप बनाएर देखाइन लागिएको हो । कतिपय रेफ्रीले गरेका निर्णयले स्टेडियम भित्रका फ्यानलाई निराश पार्ने गरेकामा अब भने फ्यानले आफुलाई सन्तुष्ट पाउने विश्वास गरिएको छ  ।

भिएआरको बारेमा बोल्दै फुटबल संघले अब यो निर्णयले उपस्थित दर्शकका लागि स्पष्ट निर्णय देखाउने बताएको छ ।

एफएका निर्देशक एन्डी एम्बरले यसको बारेमा भने “सुरूमा हामी भिएआरको परिक्षणमा थियौँ भने अहिले हामी यसको प्रयोगको विकासमा लागेका छौँ ।   “युरोपियन फुटबल अन्तर्गत एफएमा गत २ वर्षदेखि निरन्तर रूपमा भिएआरको प्रयोग हुँदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्