Logo

आईपीएलः शानदार तीन विकेट लिदैँ श्रेयस गोपाल बने ‘म्यान अफ द म्याच’



Spread the love

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राती भएको राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर बिचको खेलमा राजस्थानका लागि शानदार तीन विकेट लिएका लेग स्पिनर श्रेयस गोपाल ‘म्यान अफ द म्याच’ बन्न सफल भएका छन् ।

उनले ४ ओभरमा मात्र १२ रन खर्चिएका हुन् । कोहली र भिल्लियर्सको विकेट यिनै गोपालले लिएका थिए ।

खेलमा राजस्थान रोयल्सद्वारा रोयल च्यालेन्जर्स बैंग्‍लोर ७ विकेटले पराजित भएको थियो । यो उसको लगातार चौथो हार हो । बैंग्लोरले यसअघि चेन्नाई सुपर किंग्स, सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्ससँग पराजय ब्यहोरेको थियो । यससँगै विराट कोहलीको कप्तानी रहेको बैंग्लोर शून्य जितसहित अंकतालिकाको पुछारमा पुगेको छ ।

सवाई मानसिंह रंगशाला जयपुर भएको खेलमा बैंग्लोरले दिएको १ सय ५९ रनको लक्ष्य, राजस्थानले निर्धारित २० ओभर पुग्‍न १ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ५८ रन  बनाएको थियो ।

ओपनिङमा आएका कप्तान विराट कोहलीले २५ बलमा २३ रनमात्र बनाउन सके । तर अर्का ओपनर पार्थिव पटेलले ४१ बलमा ६७ रनको जिम्मेबार पारी खेले । उनले ९ चौका र १ छक्का प्रहार गरे । भिल्लियर्सले १३ रनमात्र बनाउँदा सिमरन हेटमायर १ रनमै आउट भए । मार्कस स्टोनिसले २८ बलमा ३१ र मोहम्मद अलीले ९ बलमा १८ अविजित रन बनाए ।

प्रतिक्रिया दिनुहोस्