Logo

सैन्य दबाबपछि अल्जेरियाका राष्ट्रपतिले दिए राजीनामा



Spread the love

२० चैत, काठमाडौँ । बुतेफ्लीकाविरुद्ध केही सातादेखि लगातार भइरहेको प्रदर्शनका कारण अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले राजीनामा दिएका छन् ।

 

८२ वर्षीय राष्ट्रपतिविरुद्ध प्रदर्शन चर्कदै गएपछि उनले राजीनामा दिएको बताइएको छ । उनले राजीनामा दिएपनि अल्जेरियामा प्रदर्शन भने रोकिएको छैन ।

२० बर्षदेखि राष्ट्रपतिका रुपमा काम गर्दै आएका बुतेफ्लीकाले पाँचौ कार्यकालका लागि उम्मेदवारी दिएका थिए। तर चर्को दबाबपछि उनले केही समयअघि घोषणा गरेको निर्वाचन स्थगित गर्दै निर्वाचन नै नलड्ने घोषणा गरेका थिए।

आफ्नो कार्यकाल समाप्त भएपछि अप्रिल २८ मा पद छोड्ने बताएपनि उनलाई विश्वास गर्न नसक्ने भन्दै धेरैले उनलाई राजीनामा गर्न नै दबाब दिएको बताइएको छ ।

अल्जेरियाको सेनाले समेत बुतेफ्लीकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएको थियो। सैन्य दबाबकै कारण उनले आफ्नो कार्याकाल सकिनु अघि नै राष्ट्रपतिले राजीनामा दिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्