Logo

कालीका माविको प्रधानाध्यापकमा केसी



Spread the love

nimकालीका मावि कजेरीको प्रधानाध्यापकमा निम बहादुर केसी चयन भएका छन्। स्थाइ नियुक्ति पाएको छोटो समयमै आफ्नो पढाउने कला र विद्यार्थी एवम् विद्यलय व्यवस्थापनमा तदारुकता देखाएका कारण उनी जिम्मेवारीपुर्ण पदमा पुगेका हुन्।

विगतमा शिवजन उमावि र सम्रग जिल्लाकै शैक्षिक सुधारमा निकै खटेर चर्चा कमाउन सफल उनी  शिवजन उमावि सितलपार्टीका सल्यानका पूर्व प्रचार्य तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उप-महासचिव समेत हुन्। विद्यालय व्यवस्थापन समितिको हिजो बसेको बैठकले अनुभवको आधारमा  सम्पन्न विद्यालय  व्यवस्थापन समितीकाे बैठकले उनलाई उक्त जिम्मेवारी दिइएको हो।

पद सम्हालेलगत्तै केसीले अब विद्यार्थी र विद्यालयको शैक्षिक स्तर माथि उठ्ने विश्वास व्यक्त गरे। साथै विद्यार्थी, अभिभावक र विद्यलय परिवार सँगै हातेमालो गरेर अघि बढ्न सकेमा विद्यालयको नतिजा र स्तरमा पनि सकारात्मक परिवर्तन आउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्