Logo

रियल मड्रिड भ्यालेन्सियासँग पराजित, तालिकामा १३ अंकले पछाडि



Spread the love

२१ चैत,काठमाडाैँ – स्पेनिस ला लिगाको ३० औँ चरणको खेलमा स्पेनिस पावर हाउस रियल मड्रिड पराजित भएको छ । बुधबार बिहान भएको खेलमा रियल भ्यालेन्सियासँग २-१ ले पराजित भएको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा सुरूवाति अग्रता पनि भ्यालेन्सियाले नै लिएको थियो । भ्यालेन्सियाका लागि खेलको ३५औँ मिनेटमा गोन्कालो गुडेजले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफ १-० मा सकिएको थियो भने भ्यालेन्सिया खेलको ८२ औँ मिनेटमा दोश्रो गोल थप्न सफल भयो ।

दुबै टोली गोलका लागि गरिरहेको संघर्षलाई तोड्दै भ्यालेन्सियाका एज्क्वेल गेराइले हेडर गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । उता दबाबमा परेको रियलका लागि फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाले खेलको ९० औँ मिनेटमा सान्त्वना गोल फर्काउन सफल भए ।

उता, ला लिगाकै अन्य खेलमा आइबरले रायो भलेकानो माथि २-० को जीत दर्ता गर्दा ह्युस्का र सेल्टा भिगो भने ३-३ को बराबरी खेल्दै अंक बाड्न बाध्य भए ।

ला लिगाको यो नतिजासँगै रियल अंक तालिकामा तालिकामा ५७ अंकका साथ तेश्रो स्थानमै आसीन् रहेको छ । रियल खास प्रतिद्वन्द्वी बार्सिलोना भन्दा १३ अंकले पछि रहेको छ ।

जारी सिजन ला लिगामा रियलले व्यहोरेको यो नवौँ पराजय हो । भने । रियलका पूर्व प्रशिक्षक जिदान पर्फिए पछिको पहिलो पराजय हो ।

प्रतिक्रिया दिनुहोस्