Logo

प्रिमियर लिगः चेल्सिको वान वे ट्राफिक



Spread the love
गोल गरेपछि खुशियाली मनाउँदै चेल्सीका हाजार्ड

२१ चैत,काठमाडाैँ – इंग्लिस प्रिमियर लिगमा चेल्सीले जीत दर्ता गरेको छ । बिहिबार बिहान घरेलु मैदान स्टामफर्ड व्रिजमा भएको खेलमा चेल्सी ब्राइटन विरूद्ध ३-० ले विजयी भएको हो ।

तुलनात्मक रूपमा बलियो देखिएको चेल्सीलाई ३८ औँ मिनेटमा गोल गर्दै फ्रेन्च स्ट्राइकर ओलिभर जिरूडले अग्रता दिलाए । पहिलो हाफमा १ गोलको अग्रता लिएको चेल्सी दोश्रो हाफमा अरू २ गोल थप्न सफल भयो ।

चेल्सीका लागि खेलको ६० औँ मिनेटमा इडेन हाजार्डले दोश्रो गोल गरे भने त्यसको ३ मिनेटमै लोफ्तस चीकले गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाए । खेलको बाँकी समयमा दुबै टोलीबाट गोल हुन नसक्दा चेल्सी ३-० ले विजयी हुँदै अंक तालिकाको पाचौँ स्थानमा उक्लिन सफल भयो ।

प्रिमियर लिगकै अन्य खेलमा म्यानचेस्टर सिटिले कार्डिफ सिटि माथि २-० को जीत दर्ता गर्दा टोटनह्यमले पनि क्रष्टल प्यालेस माथि २-० कै जीत हासिल गर्यो ।

प्रिमियर लिगको हिजोको खेलपछि अंक तालिकामा म्यानचेस्टर सिटिले अग्रता लिएको छ । लिगमा ३२औँ खेल नै खेलेको लिभरपुल ७९ अंकका साथ दोश्रो स्थानमा रहेको छ । सिटि लिभरपुल भन्दा १ अंकले मात्रै अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्