Logo

असारसम्ममा पाइप लाइनबाट तेल



Spread the love

चैत २१बारा । नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी (भारत) आलेखगन्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ ।

आगामी बैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको मध्यसम्म मात्र त्यसले सार्थकता पाउने सम्भावना छ । त्यसमा पनि भारतमा हुन लागेको लोकसभाको निर्वाचनका कारण केही समस्या आउनसक्ने सम्भावना उत्तिकै छ ।

मोतहारी–रक्सौल खण्डमा भने पाइप लाइन पूरा भई परीक्षणसमेत भइसकेको छ । नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा भने पर्सा वन्यजन्तु आरक्ष क्षेत्रका रुख कटानमा ढिलाइ भएका कारण ७।५ किलोमिटर क्षेत्रमा पाइप लाइन राख्ने काम भर्खर मात्र सुरु भएको छ ।

अमलेखगन्ज डिपोमा भने पाइप लाइनबाट आएको तेल भण्डारणका लागि संरचना तयार भइसकेका छन् । ४१ लाख किलोलिटरका क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्याङ्की तयार छन् ।

पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी छ । दैनिक २० घण्टा पाइप लाइन चलाउँला चार हजार किलोलिटर डिजेल ल्याउने क्षमता रहेको बताइएको छ । गोरखापत्र दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्