Logo

आईपीएलः सन्दीप अटाउलान् त आजको खेलमा ?



Spread the love

भारतमा चलिरहेको १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज साँझ नेपाली समय अनुसार सवाँ आठ बजेदेखी सन्दीपको दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।

अघिल्ला खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आजको खेलमा पनि दिल्लीबाट खेल्ने लगभग निश्चित जस्तै छ । तैपनि प्लेइङ इलेभेन सार्वजनिक नभए सम्म यसै भन्न सकिने स्थिती भने छैन ।

यसअघिका २ खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ‘पावर प्ले’ अर्थात शुरुवातका ६ ओभरमा बलिङ गर्ने मौका पाएका थिए । र, उनले विकेट पनि दिलाए । बैदरावादविरुद्ध पनि उनले शुरुवाती ओभरमा मौका पाउन सक्छन् ।

अंक तालिकामा हैदरावाद तीन खेलमा २ मा जीत र एकमा हार बेहोर्दै तेस्रो स्थानमा रहेको छ भने उता दिल्लीले ४ खेलमा २ मा हार र २ खेलमा विजयी हासिल गर्दै पाँचौ नम्बरमा स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्