Logo

सल्यानमा गहना लुटपाट पछि ६० बर्षिया बृद्धाको हत्या



Spread the love

salyan district

 

सल्यानको बागचौर नगरपालिका वडान रामपुर ३ खालीकी ६० बर्षिया टिकी ओलीको हत्या भएको छ । स्थानीय १८ वर्षीय दिपक भण्डारीले गहना लुटपाट पछि हत्या गरेको खुलेको हो ।

घरका अरू परिवार नभएको मौका पारेर टिकी वलिले कानमा लगाएको गहना लुट्न खोज्दा छिमेकीले थाहा पाउने डरले गाई बाध्ने किलाले हानेर सोमबार बृद्धा ओलीको हत्या गरेका हुन ।
भण्डारीले कसैले थाहा नपाओस भनी ओलीको घर नजिकैको खोल्सामा लगेर लास फालेका र स्याउलाले छोपेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हत्यारालाई सोमबार राती घरबाटै पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याई हिरासतमा राखेको र उनले हत्या गरेको स्वीकार गरेकोे प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिएका छन् । हत्याका आरोपितलाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गरिसकेको उनले जनाए ।

बानपा ३ रामपुर खालीमा यस्ता अपराधका घटना बढ्दै गएकाले सुरक्षाको  व्यवस्था गर्न सरोकार वाला निकायलाई स्थानीय  जनताले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्