Logo

राष्ट्रिय विकास परिषदको दुई दिने बैठक सम्पन्न



Spread the love

२१ चैत, काठमाडौं ।
दुई दिने राष्ट्रिय विकास परिषदको बैठक समापन भएको छ । परिषद्ले दुई दिने बैठकमा आएका सुझाव समेट्ने गरी १५ औँ पञ्चवर्षीय योजनामा मस्यौदा स्वीकृत गरेको छ ।

विकास परिषद्बबाट पारित मस्यौदा मन्त्रि परिषद्मा पेस गरेपछि योजनाका रूपमा आउनेछ । १५ औ पञ्चवर्षीय योजनामा १६ सय डलर प्रतिव्यक्ति आय पुग्ने गरिबीको रेखामुनिको जनसंख्या १३ प्रतिशतमा झार्ने तथा बहुआयामिक गरिबीको जनसंख्या १४ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरिएको छ ।

योजनामा अपेक्षित आयु ७२ वर्ष पुर्याउने लक्ष्य निर्धारण गरिएको छ भने साक्षरता दर ९० प्रतिशत, युवा साक्षरता ९९ प्रतिशत, आधारभूत भर्ना ९९.५ प्रतिशत रहने लक्ष्य निर्धारण गरिएको छ । समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घ परिवर्तित अवस्थामा देशको पहिचान र परिचय बदल्ने योजना सरकारले अघि बढाएको दावी गरेका छन् ।

केन्द्र, प्रदेश र स्थानीय तहकाबीचमा विभिन्न संयन्त्र तय गरिएको जनाउँदै प्रधानमन्त्री ओलीले मुलुकले योजनाबद्ध रुपमा परिवर्तन गरिने छ ।

१५ औं योजनाको आधार पत्रमा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले जतिसक्यो छिटो १५ औँ पञ्चवर्षीय योजनालाई अन्तिमरूप दिनका लागि आग्रह समेत गरेका छन् ।उनले योजनाका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने जनाउँदै योजनालाई यथाशक्य पेश गर्न समेत आग्रह गरेका थिए ।

योजनाको मस्यौदामा २५ वर्षे दीर्घकालीन सोचसहितको आधार पत्रको मस्यौदामा ५ वर्षभित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्षभित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्