Logo

काठमाडौंको लाजिम्पाटस्थित एक घरमा आगलागी



Spread the love
सांकेतिक तस्बिर

२२ चैत, काठमाडौं।
लाजिम्पाट स्थित एक घरमा आगलागी हुँदा निसास्एिर एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर २ जना घाइते भएका छन् ।

लाजिम्पाटको नील सरस्वती चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको मृत्यु भएको हो ।

आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उनकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान १ बजे घरमा आगो लागेको थियो ।

आगो लागेको केहि समयपछि दमकलको सहायताले आगो निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्