Logo

साँगा स्थित महादेव मन्दिरमा चोरी !



Spread the love

mahadev-sanga

मन्दिरको मुलढोकाको ताल्चा फुटाएर साँगा स्थित महादेव मन्दिरमा चोरी भएको छ ।  मन्दिरमा रहेको चाँदीको नागको मुर्ति र नाग माथी लगाएको चाँदीको मुकुट चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बाताएका  छन् ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोलीले मन्दिरमा प्रारम्भिक अनुसन्धान गरिएको छ ।प्रहरीले थप अनुसन्धान कार्य भई रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्