Logo

देउराली मावि शिद्देश्वरीको भवन उद्घघाटन



Spread the love

bhawan-udhghatan

सल्यानको सिद्धेश्वरी ५ मा रहेको देउराली मावि मा नयाँ ब्लकको बिहीबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालय सल्यानको सहयोगमा निर्माण गरिएको उक्त भवन उद्घघाटन कार्यक्रममा बोल्दै सल्यान क्षेत्र नं १ का सांसद तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेक बहादुर बस्नेतले सल्यान जिल्लाकै भवनहरू मध्य नमुना भवन भएको बताएका छन् ।

बस्नेतले पठन पाठनलाई उत्कृष्ट गराउनको लागि समाजिक कार्यलाई प्राथमिकता दिन गुणस्तरीय भवन निर्माण गराउन टेवा पुर्‍याउने विद्यालय परिवार, शिक्षा कार्यालय र सरोकारवाला सबैलाई धन्यवाद दिएका थिए ।
नेकपा माओवादी केन्द्रका मुख्य सचेतक समेत रहेका बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदी, विभिन्न राजनीतिक दल, शिक्षक संगठन, र विद्यार्थी संगठनका नेताहरूले मन्तव्य राखेका थिय ।

बिहीबार नै बिधालय घेरावारको सिलन्यास र सहिद स्मृति युवा क्लब शिद्देश्वरी ५ ले देउसी भैलीबाट संकलन गरेको रु.६० हजार बढी  बराबरको लगानीमा सोही बिधालयमा निर्माण गरिएको मूल गेटको समेत उद्घाटन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्