Logo

आईपीएलः “धोनीको विकेट लिने ठुलो सपना छ” – सन्दीप लामिछाने



Spread the love

दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीको विकेट लिने ठुलो सपना रहेको कुरा व्यक्त गरेका छन्।

यस सिजनको आइपीएलमा तीन खेल खेल्दै चार विकेट लिइसकेका उनले भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदैँ आफूले धोनीको विकेट लिन चाहेको बताएका हुन्।

‘मलाई धोनीको विकेट लिन मन छ,’ उनले भनेका छन्, ‘मलाई लाग्दैन् कि कुनै यस्तो बलर होला जसले धोनीको विकेट लिन नचाहेको होस्।’

धोनी वा विराट कोहलीमध्ये कसको विकेट लिन चाहानुहन्छ? भनि सोधिएको प्रश्नमा उनले धोनीको भने।

विश्वभरका विभिन्न ७ वटा फ्रेन्चाइजी लिग खेल्दै सन्दीपले सेन वाट्सन जस्ता स्टार खेलाडीहरुको विकेट समेत लिइसकेका छन्। अस्ट्रेलियाको बिगबास लिग र पाकिस्तान सुपर लिगमा उनले ११ विकेट लिएका थिए। यस्तै वेस्ट इण्डिजको क्यारिबियन प्रिमियर लिगमा उनले ७ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्